कल्याणपुर नगरका नासु जयराम चौधरी र अधिकृत बासुदेव यादव २० हजार घुस लिदालिदैं पक्राउ

  २०७४ चैत २१ गते १६:२४     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय घुस खाने कर्मचारीमाथी थप निगरानी बढाएको छ । अख्तियारले जिल्ला सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरीलाई घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका सहसचिव तथा प्रवक्ता दीर्घराज मैनालीका अनुसार चौधरीले घर नजिकैको डेराबाट सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागिरहेका थिए । सोहि अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

यस घुस काण्डमा सोही कार्यालयका निवर्तमान कार्यालय प्रमुख शाखा अधिकृत बासुदेवकुमार यादवको संलग्नता देखिएपछि उनी समेतलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रवक्ता यादवले जानकारी दिए ।

दबै जनामाथी अदालतबाट म्याद थप लिइ अनुसन्धान कार्य भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.