एशियन लाईफ ईन्स्योरेन्स १० वर्षमा ६८ जिल्ला पुग्यो, बार्षिकोत्सवमा ५१६ जनाले गरे रक्तदान

  २०७४ चैत २२ गते १५:०३     विकासन्युज

काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १० वर्षकोे अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म ६८ वटा जिल्लामा कुल २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा बीमा सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।

एघारौं वर्षको उपलक्ष्यमा कम्पनीले चैत्र १७, २० र २१ गते सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रहरु सम्पन्न गरेको बताएको छ । जसमा मस्तिष्क पक्षघात समाज, गौरीघाट गुहेश्वरी काठमाण्डौंलाई अपाङ्ग मैत्री कुर्सी तथा टेवल (२/२ थान) हस्तान्तरण गरि उक्त संस्थाका वालवालिकाहरुलाई फलफूल तथा मिठाई वितरण गरेको जानकारी दिएको छ ।

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार लायन्स क्लब चाबहिल काठमाण्डौंको सहकार्यमा कम्पनीको प्रधान कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्र गरेको कम्पनीको भनाइ छ । जहाँ ९० जनाको सहभागीतामा रक्तदान गरियो छ ।

कम्पनीले एघारौं वार्षिक उत्सवको अवसर पारी गरिएको रक्तदान कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालय गरी कुल ५१६ जनाले रक्तदान गरेको कम्पनीले जनाकारी दिएको छ ।

काम्पनीको अनुसार १० वर्षको अवधिमा ७५ वटै जिल्लामा अभिकर्ताहरुलाई तालिम प्रदान गरि २०७४ फागुन मसान्तसम्ममा रु.४ लाख ४,४०० बीमालेख बिक्रि गरी रु. १३ अर्व ९ करोड प्रिमियम संकलन गरेको छ । पौष मसान्तसम्म रु. ११ अर्व ३२ करोड जीवन बीमा कोष रहेको छ । सोही अवधिसम्म कम्पनीको कुल लगानी रु.११ अर्व २५ करोड रहेको छ ।