पौने तीन लाख घर ध्वस्त, दुई लाख ६० हजार टेन्ट र ९९ हजार क्विन्टल खाद्यान्न बाँडियो

  २०७२ वैशाख २३ गते १२:५०     विकासन्युज

 नारायण पौडेल

 

२३ बैशाख । महाभूकम्पका कारण मुलुकमा दुई लाख ८९ हजार नौ सय ९५ घर ध्वस्त भएका छन । गृहमन्त्रालयले गरेको प्रथम चरणको अध्ययनबाट यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

महाभूकम्पको प्रथम चरणको अध्ययन अनुसार सर्वसाधारणको दुई लाख ७९ हजार दुई सय ३४ वटा घर ध्वस्त भएका छन् भने सरकारी भवनहरु १० हजार सात सय ६१ वटा ध्वस्त भएका छन् । त्यस्तै, सर्वसाधारणको दुई लाख ३७ हजार ६८ घरमा क्षति पुगेको छ भने १४ हजार आठ सय ६८ वटा सरकारी भवनमा पनि क्षति पुगेको छ । नेपालको कुल घरधुरीको ९.८९ प्रतिशत घरहरुमा क्षति पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा ५४ लाख ७७ हजार दुई सय २४ घरधुरी रहेका छन् ।
दुई लाख त्रिपाल
महाभूकम्प पछि सरकारी तथा अन्य क्षेत्रले हालसम्म दुई लाख ६० हजार सात सय ९९ सय वटा त्रिपाल वितरण गरेका छन । त्यस्तै चार हजार पाँच सय २३ वटा ब्ल्याङकेट वितरण गरिएको छ ।
९९ हजार क्विन्टल खाद्यान्न वितरण

a_madhav_nepal
महाभूकम्पका पीडितलाई हालसम्म ९९ हजार चार सय ८५ क्विन्टल खाद्यान्न वितरण गरिसकिएको छ ।
सरकारी र अन्य क्षेत्रका तर्फबाट भूकम्प पीडितलाई सो मात्रामा चामल र चिउरा वितरण गरिएको हो । त्यसैगरि, हालसम्म दुई लाख १० हजार छ सय ९९ कार्टुन चाउ चाउ र बिस्कुट उपलब्ध गराईएको छ ।

मर्नेको संख्या साढे सात हजार
महाभूकम्पका कारण सात हजार चार ६ सय ५२ जनाले ज्यान गुमाएका छन् । बैशाख २३ गते बिहान सार्वजनिक गरिएको पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बढि सिन्धुपाल्चोकमा दुई हजार नौ सय ३९ जनाले ज्यान गुमाएका छन् भने काठमाडौंमा १२ सय नौ जनाले ज्यान गुमाएका छन् । त्यस्तै नुवाकोटमा मर्नेहरुको संख्या नौ सय नौ पुगेको छ भने धादिङमा सात सय दुई जनाको मृत्यु भएको छ । रसुवामा चार सय ५६ जना र गोरखामा चार सय १२ जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै, भक्तपुरमा तीन सय १८ जनाले ज्यान गुमाएका छन् भने काभ्रेमा तीन सय १६ जनाको ज्यान गएको छ । सरकारले हालसम्म सात हजार तीन सय ६९ जनाको शव हस्तान्तरण गरिसकेको जनाएको छ ।
१४ हजार तीन सय ७१ जना घाईते भएका मध्ये छ हजार ८२ जनाको उपचार भैरहेको छ । अझै तीन सय ३२ जना हराईरहेको पनि मन्त्रालयले जनाएको छ ।
महाभूकम्पमा उद्धार तथा राहतका लागि सरकारले एक लाख ३१ हजार पाँच सय ६७ जना सुरक्षा कर्मी तथा २२ हजार पाँच सय निजामति कर्मचारी खटाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.