भारत पुगेर महासंघको अध्यक्ष राणाले नेपलामा लगानी गर्न आग्रह गरिन्

  २०७४ चैत २३ गते १८:२०     विकासन्युज

काठमाडौं । मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक सस्थाहरुले नया दिल्लीमा एक कार्यक्रमकाे आयोजना गरेका छ। उक्त कार्यक्रममा नेपालबाट निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी भएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।

भारतीय निजी क्षेत्रका प्रतिनिधि सस्थाहरु भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रुपमा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् ।

कार्यक्रममा उनले नेपालमा स्थिर सरकार भएको भन्दै लगानी गर्न आग्रह गरेकी थिइन् । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालायित रहेको उनको भनाइ थियो ।

उनले कार्यक्रममा नेपालको पछिल्लो वदलिदो परिस्थितिको सम्बन्धमा पनि प्रकाश पारेको बताइएको छ । ‘नेपालमा लगानी गर्ने उपयुक्त समय अहिले जस्तो विगतमा कहिले थिएन,’ उनले भनिन् ‘नेपालमा सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा लगानी गर्ने उपर्युक्त समय आएको छ ।’

त्यस्तै उनले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता रहेको जनाइन् ।
रकारले विद्युत आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेको कारण लोडसेडी अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमता वृद्धि भएको उनले कार्यक्रममा जानकारी गराए । जसकारण हाल निकै ठुला परियोजनाहरु अगाडी बढिरहेको भन्दै आगामी दिनमा उद्योग बढ्ने उनको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.