२०७४ चैत २८ गते १५:२२ विकासन्युज
काठमाडौं । सेयर बजार सामान्य बढेका बेला नविल बैंकको संस्थापक र ओम डेभलपमेन्ट बैंकको सेयर बढी कारोबार भएको छ । नबिलको संस्थापक सेयर प्रतिकित्ता ७९० रुपैयाँमा ३ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ ।
बुधबार नविलको ४४ हजार ४७३ कित्ता सेयर किनबेच भएको छ । नविलको सेयर सस्तो भएपछि सबैभन्दा खरिद भएको छ । विभिन्न ब्रोकर कम्पनीबाट नविलको संस्थापक सेयर खरिद भएको छ ।
बैंकको वित्तीय अवस्था राम्रो र राम्रो प्रतिफल दिने अनुमानका आधारमा नविल संस्थापक सेयर बढी कारोबार भएको छ । केहीदिन अघिसम्म नविलको सेयर बढी कारोबार हुदै आएको छ ।
यस्तै ओम डेभलपमेन्टको सेयर सस्तो भएपछि बढी सेयर खरिद भएको छ । बुधबार ओमको प्रतिकित्ता १८० रुपैयाँमा २ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ओमको १ लाख ६६ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।
सेयर ३ अंकले समान्य बढेपछि कारोबार रकममा गिरावट आएको छ । बुधबार २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार बजार साढे १७ अंक घटे पनि ३४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार सर्वाधिक ९४ करोड ९६ लाख रुपैयाँको सेयर काराबार भएको थियो ।
बुधबार होटल, विकास बैंक, वित्त कम्पनीको सेयर घटेको छ भने बैंक, बीमा, जलविद्युत र लघुवित्तको सेयर मूल्य बढेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.