सिटिजन्स बैंकद्धारा विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

  २०७५ वैशाख ४ गते १३:०४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौँ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक लाख रुपैयाँको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भण्डारीले समाजमा राम्रा र नराम्रादुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असल मानिसमा परिणत गर्नु हो भन्ने सारगर्भित विचार व्यक्त गरेका छन् । भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने बताएका छन् ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने भण्डारीले बताए ।