२०७५ वैशाख ५ गते १४:५१ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ । बैंकले बुधबार(अाज)देखि नयाँ शाखाहरु मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वरबाट काराेबार शुभारम्भ गरेकाे हाे ।
यससँगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैंकिङ सुविधा प्रदान हुने छ ।बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी/आईपीएस, सीआश्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।
साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा कार्यालयहरु हुने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.