२०७५ वैशाख ५ गते १७:४५ विकासन्युज
काठमाडौं । ११ हजारको पछि लाग्दा नायब सुब्बा हरिप्रसाद पौडेलले सरकारी जागिर गुमाउनु परेको छ । रुपन्देही मझगावाँ मालपोत कार्यालय काम गर्दै आएका सुब्बा पौडेलले जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनीसँग घुस लिएपछि उनले जागिर गुमाउनु परेको हो ।
जग्गाको प्रमाणपूर्जा दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पौडेलले लेखापढी व्यवसायी राम लखन पाण्डे मार्फत छ हजार र सेवाग्राहीसंग पाँच हजार ११ हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट प्रमाणित भएको छ । उनी सहित लेखापढी व्यवसायी रामलखन पाण्डेलाई विशेष अदालत काठमाडौंमा मुदा दायार गर्ने अख्तियारले तयारी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.