२०७५ वैशाख ९ गते ७:४९ विकासन्युज
काठमाडौं । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बिश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको जनाउदै वन्यजन्तुको चोरीसिकार एवंम् अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए ।
रसुवाको धुन्चेमा आयोजित २३औ बन्यजन्तु सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा विश्वमा नै दुर्लभ अबस्थामा रहेकाले रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा समुदायको भुमिका महत्वपूर्ण रहने प्रष्ट्याए ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठन गरि संरक्षणको काम गरिरहेको जनाएको छ ।
उनको अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा बिश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो ।
निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले जनाएका छन् ।
सोही अवसरमा बैशाख १ देखि सुरु भएको २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि सञ्चालन गरिएको जानकारी दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.