२०७५ वैशाख १० गते १७:३४ विकासन्युज
काडमाडौं । स्याङजा चेम्वर अफ कमर्सको आयोजनामा एकदिने कर शिक्षा तथा चेम्वर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन गरी केन्द्र, जिल्ला, नगर र गाउँंस्तरीय गरी देशभर चेम्वरका शाखाहरु गठन गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका निर्देशक डा. भगवान खड्काले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा स्याङजा जिल्ला चेम्वर अफ कमर्सका पदाधिकारी एवं सदस्य लगायत उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.