२०७५ वैशाख ११ गते १४:४४ विकासन्युज
काठमाडौं । शान्ती मिसनमा गएको नेपाली आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप लागेको छ । बेलायती अनलाइन पत्रिका डेलि मेलले यू एनका प्रवक्ता स्टेफन डुजेरिसलाई आधार मान्दै समाचार उल्लेख गरेको छ ।
प्रवक्ता डुजेरिसले बलात्कारकार घटनालाई जघन्या अपराध भएको बताएका छन् । उनले भनेका छन् “बलात्कार घटनामा जो संलग्न रहेको छ उसले जघन्य अपराध गरेको छ ।”
नेपालमा आर्मीले भने घटना अनुसन्धानको लागि सहमति जनाइसकेको छ । आर्मीका प्रवक्ता गोकुल भण्डारीका अनुसार दक्षिणी सुडानमा अहिले १७३६ जना नेपाल आर्मी सेवारत रहेका छन् । दुई जना बालिकाले युएन मिसन आर्मी कहाँ आएर आफुहरु बलात्कृत भएको उजुरी दिएपछि सो घटना बाहिर आएको हो ।
युएन आर्मीका अधिकारीहरुले गत अप्रिल १३ तारिखमा दुई बालिकामाथी भएको बलात्कार घटनामा नेपाली टुर्पको संलग्नता रहेको दाबी गरेको छ । तर कति जना नेपाली आर्मी सहभागी रहेको भन्ने स्पष्ट गर्न सकेको छैन ।
यसअघि गत फेब्रवरी महिनामा घानाका महिलाहरुमाथी दुव्र्यावहार गरेको आरोपमा ४६ जना आर्मीहरुलाई फिर्ता बोलाइएको थियो । अहिले युएनका करिब १४८०० टुर्प र प्रहरी दक्षिणी सुडानमा सेवारत रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.