२०७५ वैशाख १३ गते १७:५२ विकासन्युज
काठमाडौं । कटारी नगरपालिका, उदयपुरमा कार्यरत लेखा अधिकृत रविनचन्द्र ढकाल भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७४ ०७५ मा सामाजिक सुरक्षा लगायतका शीर्षकमा विनियोजित बजेट व्यक्तिगत खातामा राखी उपयोग गरेको भेटेपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
ढकालले नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक, कटारीमा रहेको खातामा निकासा भएकोमा रकम आफूलाई गैरकानूनी लाभ पुर्याउने हिसाबले आफ्नो व्यक्तिगत खाताहरुमा स्थानतरण गरेको अख्तियारले दाबी गरेको छ ।
ढकाल विरुद्ध विगतमा कार्यरत रहेको माई नगरपालिका, ईलाममा समेत आर्थिक हिनामिना गरी नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले कार्य गरेको आरोप लागेको छ ।
अधिकृत ढकालमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.