प्युठान र अर्घाखाँचीमा जेसीबीको आउटलेट

  २०७५ वैशाख १४ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ ।

उक्त नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय आफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको जनाएको छ ।

सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमलप्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए । दुवै नयाँ आउटलेटबाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री गरिनुका साथै सर्भिस पनि दिइने जनाइएको छ ।

कम्पनीले गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन ल्याइसकेको छ ।
जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर लगायत उत्पादन बजारमा उपलब्ध छन् ।