२०७५ वैशाख १६ गते १०:०४ विकासन्युज
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ७४ लाख रुपैयाँ थियो ।
गत वर्षको तुलनामा यो वर्ष प्राइमको नाफा ४ करोड रुपैयाँ बढेको आइतबार सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । जगेडा कोषको आकार बढेर ९४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको ९ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ जीवन बीमा शुल्क आर्जन गरेको छ । यो समेत गरी हालसम्म ११ अर्ब ४० करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले बोनसदर न्युनतम ३५ देखि ७५ रुपैयाँ दिने घोषणा गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.