हातिलको एक महिने अफर सार्वजनिक, फर्निचर खरिदमा २० प्रतिशतसम्म छुट

  २०७५ वैशाख १८ गते १८:०३     विकासन्युज

काठमाडौं । बंगलादेशको विख्यात फर्निचर ब्राण्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । उक्त अफर एक महिना चल्ने छ ।

सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्रा. लि.सँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री शुरु भएको थियो । अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो । आधुनिक डिजाइन र अत्याधुनिक उत्पादन युनिटका कारण ख्याति कमाएको हातिलले नेपालमा पनि स्लिम र स्मार्ट फर्निचरमा छोटो अवधिमै नाम कमाइसकेको छ ।

वार्षिकोत्सव अफरको एक हिस्साको रुपमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ । यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.