२०७५ वैशाख २० गते १८:१३ विकासन्युज
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ईलाम शाखाबाट कारोबार शुरु गरेको छ । बिहीबार(आज)बाट सञ्चालनमा आएको यस शाखा बैंकको १०८ औं शाखा हो ।
यस शाखाबाट आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र बैंक्यासुरेन्स सेवा लिन सकिने छ । यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।
ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले यस स्थानमा नयाँ शाखा खोलिएको हो ।
यस सँगै बैंकको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.