घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा, संख्या १९ पुग्यो

  २०७५ वैशाख २१ गते १५:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित यस बैंकको हालसम्म १९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आइसकेको छ ।

बैंकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।