एनबीआईद्धारा आयोजित एक दिने ‘फाइनान्सियल फ्रड कन्फेरेन्स’ सम्पन्न

  २०७५ वैशाख २५ गते १३:४१     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले भारतको फिनटीलीकट फिनटिलेक्ट संस्थासंगको सहकार्यमा एक दिने राष्ट्रियस्तरको ‘फाइनान्सियल फ्रड कन्फेरेन्स’ को आयोजना गरि सम्पन्न गरेको छ । ईन्ष्टिच्युटले बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्येनजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाण्डौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा एनबीआईका कार्यकारी अधिकृत संजिब सुब्बाले विश्वभरी नै वित्तिय अपराध न्यूनिकरण तथा रोकथाम को लागी अति सबल र चुस्त कार्य प्रणाली संचालनमा ल्याउन निकै जरुरी भएको बताएका छन् । उनले डिजिटाईजेशनसँगै अरु थप नयाँ नौलो वित्तीय अपराधहरु भित्रिन सक्ने सम्भावना हुनाले, बैंक थता वित्तिय सँस्थाहरुले सबै किसिमका वित्तिय अपराधहरुबाट बच्ने उपायहरु सिघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

यस सम्मेलनमा स्रोतव्यक्तिको रुपमा भारतबाट आएकी प्रियंका कदमले रेमिट्यान्स बिजनेसमा हुने गरेको वित्तीय अपराध बारे जानकारीका साथै त्यसता अपराधिक कृयाकलापको रोकथाम गर्ने तरिकाहरुबारे जानकारी दिएका छन् । त्यसपछि विज्ञ प्रसुन सिंहले बैंक थता वित्तिय सँस्थाहरुमा वित्तीय अपराधहरु पत्ता लगाउने उपयोगी र अत्याधुनिक उपायहरुबारे जानकारी दिए । यसैगरी नेप्सका कार्यकारी अध्यक्ष प्रबिन क्षेत्रीले पनि सँचालन जोखिमलाई कसरी व्यवस्थापन गर्ने बारे आफ्नो प्रस्तुति दिएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका नारायण पौडेलले कमजोर सँस्थागत सुसासन र प्रविधी सँग जोडिएका जोखिमहरु नै बैंकिङ्ग अपराधहरुका प्रमुख कारक तत्व हुने गरेको बताएका छन् । बैंकिङ्ग अपराध हुनुमा कायम प्रणालीमा ध्यान विगत आठ वर्षमा मात्र नेपालमा १७८ वटा बैंकिङ्ग अपराधका घटनाहरु सार्वजनिक भएका छन्, जसको हिसाब गर्दा करिब ३६ अर्ब रुपैयाँ जति पर्न आउने पुर्व बैंकर ससिन जोशीले बताएका छन् ।

यस सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १०० भन्दा बदी उच्च पदस्थका बैंकिङ्ग कर्मचारीहरु सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.