सुशासन लागू भएपछि एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष परिवर्तन, श्रेष्ठद्धारा बीमा समितिमा पदभार ग्रहण

  २०७५ वैशाख २५ गते १७:२५     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार बीमा समिति अध्यक्षसँग पदभार ग्रहण गरेका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठले समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंसमक्ष पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका हुन् ।

समितिका अध्यक्ष चापागाँर्इले बीमककाे संस्थागत सुशासन निर्देशिका जारी भएपछि पहिलो पटक यस कम्पनीका अक्ष्यक्ष श्रेष्ठलाई शपथ गराएका हुन् । आइतबार जारी बीमककाे संस्थागत सुशासन निर्देशिका अनुसार बीमा कम्पनीका अध्यक्षले बीमा समितिका अध्यक्ष समक्ष पदभार ग्रहण गर्नुपर्छ ।

संस्थागत सुशासन लागू भएपछि एशियन लाइफ इन्स्याेरेन्स कम्पनीका अध्यक्ष बिजय सराबगीले राजीनामा गरेका छन् । निर्देशिकामा सार्वजनिक पद धारण गरेको व्यक्ति बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था गरेपछि सराबगीले यस कम्पनी छाडेका हुन् । सराबगी वीरगञ्ज नगरपालिकाको मेयर हुन् ।

सराबगीकाे राजीनामा पछि सञ्चालक समितिले रिक्त अध्यक्ष पदमा श्रेष्ठ चुनेकाे हाे । श्रेष्ठ विगत ५ वर्षदेखि यस कम्पनीमा सञ्चालक थिए ।

सपथ ग्रहण कार्यक्रममा बीमा समितिका निर्देशक राजुरमण पौडेल, नियमन विभाग प्रमुख साम्बराज लामिछाने, एशियन लाइफ इन्स्योरेन्सका सञ्चालक दिनेशलाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.