२०७५ वैशाख २५ गते १९:१३ विकासन्युज
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले गरेका हुन् ।
पाण्डेले कम्पनीले हालसम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिएका छन् ।
कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा बजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका छन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
साथै, कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.