२०७५ वैशाख २६ गते ८:२४ विकासन्युज
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिन लागिएको छ । कम्पनीलको २ लाख ७१ हजार ९७८ कित्ता साधारण हकप्रद सेयर बिक्रीका लागि जेठ २ गतेदेखि बिक्री खुला गरेको छ ।
बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ ९ गते तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । प्राइमले चुक्तापुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि बाँकी हकप्रद लिलामी गर्न लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.