बीकेटीले भित्र्यायो अफ हाइवे ओटीआर टायर

  २०७५ वैशाख २६ गते १५:३२     विकासन्युज

काठमाडौं । बीकेटी टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले नेपाली बजारमा अफ द हाइवे सेग्मेन्टको ओटीआर टायर भित्र्याएको छ ।

नयाँ टायर माइनिङ लगायतका औद्योगिक क्षेत्रमा प्रयोग हुने गाडीका लागि उपयुक्त अर्थम्याक्स रेडियल टायर (ओटीआर)लाई कम्पनीले नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीकोअनुसार उक्त टायर टिकाउ, शतप्रतिशत पन्चर प्रुफ र तापक्रम प्रतिरोधक छ । टायर विभिन्न चार साइजमा उपलब्ध छ । टायर यो सेग्मेन्टमै पहिलो रेडियल टायर हो ।

केही दिनअघि मात्रै कम्पनीले डिलर मिट कार्यक्रम समेत सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा डिलरहरुलाई सम्मान गरिएको जानकारी गराइएको छ ।

बीकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । अन्य कम्पनीले मास प्रोडक्सनका भेइकलका टायरतर्फ ध्यान दिएको समयमा बीकेटीले सन् ९० को दशकमा यो क्षेत्रमा हात हालेको थियो । उच्च हर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जिपिएस कन्ट्रोल्ड भेइकल, लगायतमा प्रयोग हुने टायर कम्पनीले उत्पादन गर्दै आइरहेको छ ।

हाल बीकेटीका उत्पादन बिश्वका ५ महादेशका १ सय ३० भन्दा बढी राष्ट्रमा बिक्री भइरहेको कम्पनीको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.