मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

  २०७५ वैशाख २६ गते १८:३६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विराटनगरको मेनरोड जलजला चोकमा आफ्नो ७८औं शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

खड्काले बैंकले नेपाल राज्यभर ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने बताएका छन् । साथै, प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु विस्तार गर्ने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले यस बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आग्रह गरेका छन् ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.