२०७५ वैशाख २७ गते १३:१७ विकासन्युज
काठमाडौं । ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण हुने भएको छ । सरकरले यस योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ । गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा विकास गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकास कार्यक्रमले गर्दै आएको जनाइएको छ ।
गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने करिब ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने तयारी भइरहेको हो । यस सम्बन्धमा बृहत कार्य–योजना डीपीआर समेत तयार गरी बातावरणीय प्रभाब मुल्यांकन् समेत तयारी गरि प्रतिबेदन स्वीकृत गराउने सम्बन्धमा काम अघि बढिसकेको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बन तथा भूसंरक्षण मन्त्रालयबाट इआइए सम्बन्धि क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची टीओअर प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइसकेको जनाइएको छ ।
जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइ आयोजनाको कार्य क्षेत्र निर्धारण भइसकेको बताइएको छ ।
गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछापबाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दक्षिण चापाखर्क जाने बाटो चार किल्लाभित्र पर्ने करिब ११\२ हेक्टरमा शहिद पार्क निर्माण हुने भएको हो ।
बिशंखु इलाका बन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका बन कार्यालयका प्रतिनिधि, सामुदायीक बन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाच गरि क्षेत्र निर्धारण गरेको समेत जानकारी गराइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.