२०७५ जेठ २ गते १६:४६ विकासन्युज
काठमाडौं । नबिल बैंकले हालै थप ५ नयाँ शाखाहरु स्थापना गरेको छ । बैंकले रुपेन्देहीको सम्सरीमाई, जुम्लाको तिला, सुर्खेतको बराहताल, बझाङ्गको वित्थडचिर र डढेलधुराको आलितालमा गरी ५ वटा शाखाबाट कारोबार शुरु गरेको हो ।
व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजमा बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने उद्देश्यले बैंकले देशका विभिन्न ठाँउहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगिरहेको छ ।
हाल यस बैंकले ६७ वटा शाखा, १११ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.