२०७५ जेठ २ गते १७:३१ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप ४ शाखाहरुको स्थापना गरेको छ । बैंकले गौरादह र पथरी, कैलालीको लम्की र जुम्लामा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।
बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप थप शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको संचालन हुनेछ ।
त्यस्तै, यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.