२०७५ जेठ ३ गते १६:५४ विकासन्युज
काठमाडौं । के एल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वर्ल्डकप अफर’ संचालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका विभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ ।
कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४के यूएचडी टेलिभिजनमा विशेष क्यासब्याक अफर ल्याएको हो ।
यस ब्रान्डका गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनमा ४३यू५, ४९यू५ र ५५जी६ रहेको छ भने, स्मार्ट टिभीहरुको मोडल ३२एस३ए३१टी र ४३एस३ए३१टी रहेको छ । त्यस्तै एलइडी टेलिभिजनमा २४ई३ए१२जी, ३२ई२, ३९ई३१००, ४३ई३ए१२जी र ५५ई३ रहेको छ । कम्पनीले बिक्रीगर्ने ४के यूएचडीको मोडल नम्बर ६५ई६००० रहेको छ ।
कम्पनीले नजिकिदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो । स्काइवर्थको क्वालिटिसँग फुटवलको आनन्द लिउँन भन्ने उद्देश्यले विशेष अफर योजना ल्याएको हो ।
यो ‘स्काइवर्थ वल्र्डकप अफर’ निश्चित अवधीको लागि मात्र दिइएको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.