अशिक्षा र बेरोजगारीले गर्दा नेपालमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दै

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्। संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए। निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उहाँले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए। रासस

सिद्धार्थ बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा १२ प्रतिशत छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच सो मात्राको छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा उक्त छुट पाउने छन् । उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरेका छन् । यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।

माइग्रेन राेग, भ्रम र निराकरणका उपाय

काठमाडौं। पहिला पहिले माईग्रेनलाई भ्यास्कुलर रोग भनिन्थियो । तर, अहिले यसलाई न्युरोलोजिकल रोग भनेर भन्ने गरिन्छ। माइग्रेन एक प्रकारको टाउको दुखाइ हो, जुन निकै कडा हुने गर्दछ। यसको कारणले टाउको दुखेमा कम गर्न गाह्रो पर्छ । यो अवस्थामा रोकी रोकी टाउको दुख्ने र दुई घन्टादेखि कैयौँ दिनसम्म पनि दुखिरहने पनि हुनसक्छ । यो एक न्युरोलोजिकल समस्या हो । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो तर सबै टाउको दुख्नेलाई माईग्रेन पनि भनिदैन। यसको टाउको दुक्ने तरिका बेग्लै प्रकारको हुनेगर्छ जस्तै एक तर्फ मात्र टाउको दुख्ने। दुखाई धेरै जसो समय टाउकोको अगाडि भागबाट सुरु भएर बिस्तारै पछाडी तर्फ प्रस्थान गर्दछ। यदी टाउको दुख्न सुरु भएको केही समयमै औषधी खाएमा दुखाई कम हुनसक्छ । यदी त्यही समयमा औषधी खाईएन भने ७२ घण्टा सम्म पनि टाउको दुख्न सक्छ। यो बिशेष गरी युवाहरु माझ देखिन्छ। कसैलाई घाममा बस्दा टाउको दुख्छ भने कोही मान्छेलाई एकदम नराम्रो गन्ध वा सुगन्धले पनि टाउको दुख्न थाल्छ । यसलाई माइग्रेनको ट्रीगर भनिन्छ। माइग्रेनको ट्रिगर भन्नाले यस्ता चिजहरु हुन् जसले माईग्रेनलाई निम्त्याउन मद्त गर्दछ। यिनलाई अउरा पनि भनिन्छ। कुनै मान्छेलाई द्र्श्यबाट समस्या हुनसक्छ जस्तै उज्यालोमा हेर्दा घामको किरणहरु छरिएको देख्ने,समस्या हुने देखिन्छ। कुनै मानिसलाई अउरा गन्धबाट आउने गर्दछ। पेट्रोल, नेलपालिस, केहीको गन्ध आउने बित्तिकै टाउको दुख्ने, वाकवाकी आउँला जस्तो हुने गर्दछ। माईग्रेन हुनु आँफैमा एउटा मेडिकल कन्डिसन हो। यो वंसानुगत पनि हुनेगर्छ। यदी परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने उसलाई पनि माईग्रेन हुने ८० प्रतिशत सम्भावना हुनेगर्छ। यो धेरै जसो महिलामा बढी देखिने गर्दछ। हर्मोनल चेन्जको कारणले गर्दा पनि महिलामा यो बढी देखिएको हो। एक अध्ययन अनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेका छन। खानेकुराले पनि माइग्रेन निम्त्याउ छ पक्कै पनि खानेकुराले माईग्रेनलाई निम्ताउने मद्त गर्दछ। यसको मतलब खाने कुराले गर्दा माइग्रेन हुने होईन। खानेकुराले गर्दा विरामीलाई माईग्रेनबाट हुने पीडा निम्ताउनु हो। मानिसलाई माइग्रेनको बिरामी भएको अवस्थामा हुने गर्दछ। केही खानेकुरा त्यस्ता हुन्छन् जसले टाउको दुख्न मद्त गराउँदछ। त्यसका लागि बिरामीले एउटा हेडेक डायरी बनाउन जरुरी छ। किनभने बिभिन्न मानिसलाई बिभिन्न खानेकुराले माइग्रेन निम्ताउन मद्त गर्दछ। हेडेक डायिरीमा आफुलाई कती बेला टाउको दुख्न सुरु भयो, कुन समयदेखी कुन समयसम्म टाउको दुख्यो, यो भन्दा अगाडि मैले के खाए,के गरिरहेको थिए, मलाई उज्यालोले पो असर गर्‍यो कि, आवाजले पो टाउको दुख्यो कि भन्ने सबैकुरा टिप्न जरुरी छ। यसरी डायरी बनाउँदा आफुलाई के के कुराले असर गरिरहेको देखिन्छ र त्यसलाई ध्यान दिने हो भने पक्कै पनि हामीले आफुलाई माईग्रेनबाट हुने दुखाईबाट टाढा राख्नसक्छौ। कसैलाई दही खायो भने समस्या देखिन सक्छ । दही नै नखानु यसले माइग्रेन हुन्छ भन्नु होईन। कसैलाई बोतलको अचारले हुनसक्छ, कसैलाई कडा कफीले हुनसक्छ। हरेक मानिसलाई बिभिन्न कारणले गर्दा माईग्रेनबाट हुने दुखाई निम्ताउन थप मद्त गर्नेहुन्छ । त्यसैले आफुलाई के खानेकुरा, के तरिकाले असर गर्छ भन्ने पत्ता लगाउन जरुरी छ। माइग्रेन सम्बन्धी भ्रम यस्ता छन माइग्रेन सम्बन्धी मानिसहरुमा धेरै किसिमको भ्रम हुने गरेको छ। सबैभन्दा पहिला उनिहरुलाई यो त निकै नहुने रोग हो र यो लागेपछी कहिले पनि निको हुँदैन, अब सधैंभर यसरी नै बाँच्न पर्छ भन्ने धारणा रहेको हुन्छ। यो एकदमै गलत धराण हो।माइग्रेन मानसिक रोग हो र ? यो भयो भने मानिस पागल हुन्छ भन्नु मानिसहरुमा भएको अर्को भ्रम हो। त्यस माइग्रेनको औषधी खानुहुदैन यसको साईड एफेक्ट धेरै हुन्छ भनेर उनिहरु आफुलाई कोठामा टाउको बाँधेर एकदम थुनथान पारेर बसिदिन्छन्। त्यो सबैभन्दा ठुलो भ्रम हो। त्यसरी समय बर्बाद गरेर हुँदै हुँदैन। बाँच्न चाँही १०० बर्ष बाँच्ने तर हरेक महिनाको ३÷४ दिन आफुलाई त्यसरी थुनेर राख्ने भने त जीवन जिउनुको कुनै अर्थ नै हुँदैन। जब बाँचिन्छ तब रमाएर बाँच्न सक्नुपर्छ त्यसका लागि औषधी खान जरुरी छ किनभने औषधीले त्यसलाई ठीक हुन मद्त गर्दछ। माईग्रेन सम्बन्धी मानिसहरुमा भएको भ्रम मेटाउनुपर्छ मानिसहरुमा माईग्रेन सम्बन्धी भ्रम हटाउन सबैभन्दा पहिला हाम्रो शिक्षा प्रणाली नै बदल्न जरुरी छ। धेरै अगाडी देखीको हाम्रो शिक्षा प्रणालीमा चाँही रेप्रोडक्टिभ र सेक्सुअल हेल्थको बिषयमा पढाई हुन्छ तर मेन्टल हेल्थको बारेमा पढाई हुँदैन मानौ कि मेम्टल हेल्थ महत्वपुर्ण छैन। यो मान्छेले पछी गएर बच्चा जन्माउनु पर्छ भनेर रेप्रोडुक्टीभ हेल्थको बारेमा पढाईइन्छ तर पछि गएर व्यक्तिले आफ्नो मेन्टालिटीलाई स्थिर राखेर काम गर्नुपर्छ, समस्या परेको खण्डमा आफुलाई सम्हाल्न पर्छ र पछी गएर समाजलाई योगदान गर्नुपर्छ भन्ने सोच राख्दैनन। मेन्टल हेल्थको बारेमा बुझेको मानिसले अरुलाई बुझ्न सक्छ र चाहिएको खण्डमा त्यस ब्यक्तीलाई मद्दत पनि गर्नसक्छ। एउटा मानिस स्वस्थ हुनलाई उसको मेन्टल हेल्थ ठिक हुन एकदम जरुरी छ। मेन्टल हेल्थ ठिक भएको अवस्थामा मात्र मानिसले आनन्दको साथ काम गर्नसक्छ। त्यसैले यदी मानिसहरुमा भएको भ्रम मेटाउने हो भने सबैभन्दा पहिला मानिसहरुलाई मेन्टल हेल्थ सम्बन्धी शिक्षा दिन जरुरी छ। माइग्रेन हुनुको कारण महिलामा शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफिको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ । धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ । माइग्रेनको लक्षण टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ। यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ । माईग्रेन पूर्ण रुपमा निको हुन सक्छ समयमा औषधी खाई, आफुलाई के के कुराले असर गर्छ त्यो पत्ता लगाउन सक्यो भने पक्कै पनि माइग्रेन पूर्ण रुपमा निको हुनसक्छ।  ट्रिगरको पहिचान र त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम , माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योग, सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम, एक्युपन्चर तथा एक्युप्रेसर,  रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह गर्ने हो भने माईग्रेन निको भएर जान्छ। यो पूर्ण रुपमा निको हुँदैन भन्नु भ्रम मात्र हो। (मनोवैज्ञानिक डा. नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित )