काठमाडौं महानगर-१६ का वडाध्यक्षले नै उठाए फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफै उठाउन थालेका छन् । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न छोडेपछि सो वडाका वडा अध्यक्ष मुकुन्द रिजाल आफै लागि परेर फोहोर उठाउन थालेका हुन् । फोहेरको व्यवस्थापन गर्नको लागि रिजाल विहानैदेखि खटिएका थिए । रिजलले ४ गाडी फोहोर उठाएका छन् । सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको थियो । वडा अध्यक्ष नै टोल टोलमा पुगेर फोहोर उठाउन थालेपछि स्थानीयले पनि साथ दिएका थिए ।
यस्तो हुनेछ काठमाडौं महानगरमा सार्वजनिक शौचालयको लोगो
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचभागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।
शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छुकलाई सात दिनभित्र काठमाडौं महानगरमा सम्पर्क गर्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरका अनुसार हाटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी सघं संस्थाले सात दिनभित्र प्रस्ताव पेश गर्न सक्ने छन् । गत वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थिए ।