बूढानीलकण्ठ नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिइन् । उनका अनुसार निर्विरोध निर्वाचित हुने पाँच महिला सदस्यमा नेकपा (एमाले)का उम्मेदवार रीता दाहाल, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी), राममाया महर्जन र गोमा मग्रांन्ती रहेका छन् । यस्तै तीन दलित एवं अल्पसङ्ख्यक सदस्यका लागि चार जनाको उम्मेदवारी परेकाले निर्वाचन हुन लागेको निर्वाचन अधिकृत भट्टराईले बताइन् । अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामा विजयी भएकी थिइन् । यस्तै बूढानीलकण्ठका अधिकांश वडामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । बूढानीलकण्ठमा १३ वडा छन् । रासस

पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको जिम्मेवारी लिने

बलेवा । पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए । बोलीखबर डटकम र कन्दरा न्यूजको सहकार्यमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा विशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको जानकारी दिए । दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिएका थापाले पाँच वर्षको अवधिमा पालिकाभित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताए । धनी र गरिबका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुँदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए । उनले भने, ‘एकैपटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिकरूपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका काम हुनेछन् ।’ पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर वृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । ठाउँअनुसार फरक–फरक खालको कृषि र पशुपालनका कार्यक्रम, बाँझो जग्गालाई सदुपयोग गरी खेतीयोग्य बनाउन सामूहिक कृषि कार्य गरी गाउँमै स्वरोजगार सिर्जना गर्ने र बसाइँसराइ हुने दर कम गर्ने खालका कार्यक्रम पालिकाले अगाडि सारेको छ । आधारभूत स्वास्थ्य सेवालाई प्रभाकारी बनाउने, स्वास्थ्य सरसफाइ, स्वास्थ्य सेवा थप वृद्धि गर्न निर्माणाधीन १५ शय्याको अस्पतालको भवन सम्पन्नपश्चात सेवा सञ्चालनजस्ता कार्यक्रम पालिकाले तय गरेको छ । विद्युत् सेवालाई विस्तार गरी काठका पोल हटाउने, टुकीरहित पालिका बनाउने, एक घर एक धारा, सडक व्यवस्थित गर्ने, सडक स्तरोन्नति, सबै सरकारी कार्यालयमा छिटो–छरितो सेवाप्रवाहजस्ता कुरामा जोड दिइएको छ । शून्य होमडेलिभरी कार्यक्रमलाई निरन्तरता दिँदै अबको पाँच वर्षमा सुशासनको पाटोमा सहज बनाउने, न्याय सम्पादनमा जोड दिँदै विगत पाँच वर्षमा पूरा गर्न नसकेका अधुरा कामलाई पूरा गरी समृद्ध पूर्वखोला, खुसी गाउँवासी बनाउने सङ्कल्प ल्याएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् । लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले निर्वाचनमा कुनै दलको प्रतिनिधिका रूपमा उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधि भएर काम गर्न सकियो भने नागरिकले विकासको अनुभूति गर्न पाउने बताए । पूर्वखोलामा गएको पाँच वर्षमा शिक्षा र स्वास्थ्यमा अधारभूत सेवा, महिला सशक्तीकरण, सबै स्वास्थ्य संस्थामा सुत्केरी सेवा, सामुदायिक स्वास्थ्य एकाइ सेवा, प्रयोगशाला, गर्भववतीलाई लक्षित गरेर भिडियो एक्सरे सेवा, सबै बस्तीमा मोटरबाटो संरचना तयार, एक घर एक धारा अभियानजस्ता काम भएका छन् । रासस

यस्तो हो मेयर बालेन साहले बनाउन चाहेको काठमाडौं

काठमाठौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । मेयरमा विजयी भएको घोषणापछि धारणा राख्दै बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउनमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले आफ्नो जितलाई विजयभन्दा पनि कामको सुरूआतको रूपमा लिएको बताएका छन् । अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने आफ्नो याेजना रहेको उनको धारणा छ । मेयरमा निर्वाचित भएपछि अब बालेनले काठमाडौं कस्ताे बनाउलान् ? उनले काठमाडौंको विकासमा के कस्ता कार्यक्रमहरू प्राथमिकता देलान् ? र, उनको नजरमा कस्ता विषयहरूले महत्व पाउलान् भन्ने जिज्ञासा र चासो सबैको छ । उसो त उनले स्वतन्त्र उम्मेदवारी दिँदा नै आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका थिए । उनले आफुलाई विजयी गराएमा ५ वर्षको अवधिमा गर्ने काम तथा कार्यक्रमहरु घोषणा पत्रमार्फत् सार्वजनिक गरेका थिए । नवनिर्वाचित मेयर बालेनले काठमाडौं महानगर क्षेत्रभित्र शिक्षा, स्वास्थ, खानेपानी, पूर्वाधार, सार्वजनिक यातायात जस्ता क्षेत्र कस्तो बनाउन चाहेका छन् भनेर हामीले यो सामग्री तयार पारेका छौं । शिक्षा काठमाडौं महानगरपालिकामा सामुदायिक विद्ययालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने उनकाे याेजना छ । इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा सँगसँगै विश्वस्थरमा जोड्न सकिने खाल्का उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्क्रम परिमार्ज गर्ने उनले बताएका छन् । हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने उनकाे घाेषणा छ । निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन भनेर अडिट गर्ने, अन्तर्राष्ट्रिय विद्यालयहरुलाई राष्ट्रिय विद्यालहरुसँग सहकार्य गरिने र संस्कृति, जीवनशैली, शिक्षा प्रणाली आदिको आदानप्रदान गर्न भगिनी सम्बन्ध सुरु गरिने । प्रारम्भिक बाल्यकाल शिक्षा देखि सूचना प्रविधि शिक्षाको परिचय पदने गरी पाठ्यक्रम विकास गर्ने बालेनले याेजना सार्वजनिक गरेका छन् । स्वास्थ्य प्रत्येक वडामा योग्य चिकित्सक नर्सिङ प्रोफेसनल, फार्मासिस्टर नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात बालेकाे याेजना छ । प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने उनले बताएका छन् । हाल भैरहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरीय सुधार,उचित सेवा–सुविधा उपलब्ध गराउने, स्वस्थ वातावरणसहितको सरसफाइ तथा विद्यमान स्वास्थ्यकर्मीहरूको सेवा सुबिधामा वृद्धि गराइने तथा मधुमेह र रक्तचाप जस्ता दीर्घकालीन रोगहरूको लागि दिगो नियन्त्रण उपायको रूपमा जगिङ् तथा व्यायाम गर्ने पार्कहरू निर्माण  गर्ने याेजना उनकाे छ । बालेनकाे सार्वजनिक भनाइ अनुसार काठमाडौं महानगरपालिकाको स्वामित्वमा पुर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र सेवाहरु कल सेन्टरबाट सञ्चालन गरिनेछ । ७० वर्ष माथिका बृद्द बृद्दाको निशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरीने छ भने स्वास्थ्य सेवा कार्डको प्रावधान गरिने छ ।जसमा सबै निजी तथा सार्वजनिक अस्पतालहरूका रेकर्डहरु राखिने छन् । पूर्वाधार कल सेन्टर मार्फत संचालित भौतिक पुर्वाधार एम्बुलेन्स द्वारा सडक, ढल जस्ता पुर्वाधार को मर्मत सम्बार गरिने छ । सांस्कृतिक महत्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने छ । सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थानको पुनर्निर्माणका लागि दक्ष जनशक्तिका लागि भक्तपुरसँग सहकार्य गरिने छ । सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिनेछ । बस स्टपहरूमा फल्चा स्थापना गरिनेछ । फायर ब्रिगेड पुग्न नसक्ने साँघुरो गल्लीहरूमा ओभर हेड ट्याङ्की र फायर हाइड्रन्टहरू स्थापना गरिने छ । यातायात र यातायात व्यवस्थापन सवारी साधनको मात्रा र आवतजावतलाई संघ संस्था तथा कार्यालयको प्रकृतिको आधारमा वर्गिकरण गरेर कार्यालय समयको विभाजन गरिनेछ । सार्वजनिक तथा महाँनगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने छ । सवारी साधनको स्थान हृयाक गर्न सबै स्थानीय यातायातमा जीपीयस जडान गरिने छ । सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने छ । काठमाडौं महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु–तले पार्किङमा परिणत गरिने छ । उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरूमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने छ । काठमाडौं महानगरपालिका को आफ्नै ट्याक्सी एप संचालन गरिने छ । सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्डको सुरुवात गरिने छ जसले जुन सुकै यातायातमा महिना भरी जुन सुकै रूटमा जान सकिने छ । पानी व्यवस्थापन सरकारी कार्यालयहरुमा स–साना जमिन पुनर्भरण पोखरी हरु निर्माण गरिने छ । बोरिङ्ग प्रणाली भएका सबै घरहरूमा जमिन पुनर्भरण का निम्ती रिभर्स बोरिङ्ग अनिवार्य गरिने छ ।  सबै ढुंगेधारा/हिटी पुनः जाग्रित गराउन का लागी पुराना स्रोतहरु लाई पुनर्जीवित गराइने छ । स्थानीय नदीहरू नजिक ढल प्रशोधन प्लान्ट स्थापना गरिने छ । इनार, बोरिङ्ग र नदीको पानीको सतह माथि ल्याउनका निम्ती बर्खाको पानी संचय गर्ने व्यवस्था गरिने छ । मेलम्ची खानेपानिको सबै तहमा अनुगमन र सहकार्य गरिने छ । महिला तथा बालबालिका हेल्पलाइन कल सेन्टरहरू मार्फत महिला र बालबालिकाका लागि घरेलु हिंसा मुक्त सुरक्षित बातावरणको व्यवस्थापन गरिने छ । सरकारी बिद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने छ । सार्वजनिक शौचालय, सरकारी कार्यालय र सार्वजनिक स्थानहरूमा स्तनपान, शिशु नर्सिंग कोठाको व्यवस्था गरिने छ । सचेतना र वकालत कार्यक्रमहरूको सन्दर्भमा महिनावारी सम्बन्धी बिशेष चेतना का कार्यक्रम हरु ल्याइने छ । वडा तहमा स्तन क्यान्सर, पाठेघरको क्यान्सरको स्क्रिनिङ्ग गरिने छ । वडा स्तरीय अभियानहरुमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रामहरु ल्याइने छ । पर्यटन पर्यटन लाई स्थानिय वासिन्दाको जीवनचर्या सँग जोड्ने कार्यक्रम हरु ल्याइने छ । पर्यटनलाई जात्रा, संस्कृति र सम्पदा क्षेत्रसँग जोडेर सरकारी तहबाट प्रवर्दधन गरिने छ । होमस्टे संचालन गर्न का निम्ती स्थानिय वासिन्दालाई उपत्यकाको मौलिक खानपिन ,रहन सहन, पर्यटक सूचना र यहाँको बिशेषताको बारेमा तालिम दिइ संचालन गर्न दिइने छ । अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरूको रूपमा काठमाडौंको ब्रान्डिड गरिने छ । अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्र जसले हाम्रो संस्कृतिलाई कुनै पनि रूपमा प्रवद्धन गर्न सक्छ भने, उनिहरुलाई अनुदान प्रदान गरिने छ । काठमाडौका हरेक ठाउँ र कुनाबाट सबै जात्राहरु निकाल्न र यसको प्रवद्धन गर्न प्रोत्साहन गरिने छ । स्थानीय व्यञ्जनहरुको ब्रान्डिङ गरिने छ । नेवाः समुदायमा प्रचलित स्थानिय पेय पदार्थ को अन्तरराष्ट्रिय ब्रान्डिङ गरिने छ । प्रदूषण नियन्त्रण पूर्वाधार एम्बुलेन्सको सहायताले प्रदूषणको मूल कारणको समाधान गरिने छ । खाल्डाखुल्डी, ढल निकास र अन्य प्रदूषण उत्सर्जन गर्ने क्षेत्रहरूको द्रुत मर्मत सम्हार र व्यवस्थापन गरिने छ । धूलो र अन्य प्रदूषण उत्पन्न गर्ने निर्माण स्थलहरूको आइसोलेसन गरिने छ । उपत्यका प्रवेश बिन्दुमा ठूला सवारी साधन धुने केन्द्र सञ्चालन गरिने जसले गर्दा र दैनिक २०० मेट्रिक टन धुलो काठमाडौं महानगरपालिका भित्र पस्न पाउने छैन । फोहोर व्यवस्थापन अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोर लाई छुट्टा छुट्टै संकलन गरिने छ । काठमाडौं महानगरकै नजिकै इन्सिनरेटर जडान गरी उच्चस्तरिय प्रविधिले फोहोर व्यवस्थापन गरिने छ । अर्गानिक फोहोरलाई प्राङ्गारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्री गरिने छ । काठमाडौ महानगरपालिका भित्रको सडकमा कालोपत्र गर्दा प्लाष्टिकजन्य फोहोरसँग आस्फल्ट मिसाएर गरिने छ । कारखाना वा औधोगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिने छ । संस्कृति जात्रा, चाडपर्व लगायतका साँस्कृतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरी काठमाडौं महानगरपालिकाको स्थानीय संस्कृति प्रवद्धन गरिने छ । अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने छ । स्थानीय गुठी, बाजा खल, मन्दिर, बिहार, गुम्बा, बहाल र अन्य स्थानीय आदिवासी उपसमूहहरूलाई संस्क्रिति प्रवर्धनका लागि अनुदान प्रदान गरिने छ । सम्पदा अधिकार सम्पन्न सम्पदा समक्षण अयोग गठन गरिने छ । साँस्कृतिक सम्पदा स्थल वरिपरि घरहरुको जीर्णोद्धार र पुनर्स्थापना गरी आफ्नो शैली अनुसार मुहार फेरिनेछ । पुराना मन्दिर, स्तूप, गुम्बालाई पुराना वैज्ञानिक प्रविधिहरू जस्तै लिच्छवी वा मल्ल कालअनुसार पुनर्निर्माण गरिने छ । नेवा छेको प्रवद्धनका निम्ती इन्जिनियरिङ र आर्किटेक्चर पाठ्यक्रमहरूमा त्यस शैलीको विज्ञानलाई जोड दिइने छ । कृषि अर्गानिक फोहोरको रूपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरूमा जैविक मल उपलब्ध गराइने छ । तरकारी उत्पादन गर्न र काठमाडौंको ८० लाख जनसङ्ख्यालाई उपभोग गराउन देश्भरी रहेका कृषियोग्य खाली जग्गाहरु भाडामा लिइ फलफूल तथा तरकारी खेती गरिने छ । त्यस्ता गाउपालिका तथा नगरपालिका हरुमा बीउ उपलब्ध गराइ कृषि उत्पादन तथा रोजगारी को सृजना गरिने छ । उत्पादन भएका फलफूल तथा तरकारी को लागि कोल्ड स्टोर निर्माण गरिने छ । शैक्षिक पृष्ठभूमि नभएता पनि युवाहरु लाई कृषि तालिम र काठमाडौं महानगरपालिकाले भाडामा लिएको जग्गामा रोजगारी दिइने छ । खेलकुद वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिने छ । खेलकुद र युवा सशक्तिकरणको प्रवद्धन गर्न बैंकहरूसँग उनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिने छ । स्थानीय खेलाडीहरूलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरूलाई तलब स्केल उपलब्ध गराइने छ । अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँगको सहकार्यमा युवा लिगहरू आयोजना गरिने छ । पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवद्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स खेलाडीहरूलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गरिने छ । खुला ठाउँ र हरियाली नक्साङ्कित ४२ देखि ४५ खुला ठाउँहरूलाई तिनीहरूको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँमा रूपान्तरण गरिने छ । शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्न क्यालिस्थेनिक पार्कहरूको निर्माण गरिने छ । सन्ध्याकालिन खेलकद प्रवर्दधन गर्न खला ठाउँहरूमा फ्लड लाइट जडान गरिने छ । पानी रिचार्जको लागि खुला ठाउँहरू प्रयोग गरिने छ । सडकको हरियाली सुधार गर्न फुटपाथ तथा सडक मध्य पट्टी वृक्षरोपण गरिने छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, मल र मनोरञ्जन पार्क जस्ता सार्वजनिक स्थानमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवद्धन गरिने छ । एक घर एक रूख अभियान सुचारु गरिने छ । ड्ड नदी कोरिडोरमा वृक्षरोपण गरिने छ । डिजिटल सरकार सबै वडा र नगरपालिका स्तरहरूमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गरिनेछ । जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र जस्ता फारमहरूको लागि सबै अनलाइन आवेदन भर्न प्रावदान् मिलाइने छ । जग्गा कर, घर कर, भाडा कर, कम्पनी कर आदिका लागि अनलाइन सेवाहरू सुरु गरिनेछ । सूचनाको हकको लागि डिजिटल पारदर्शिता अपनाइने छ ।डिजिटल माध्यमबाट खरिद, टेन्डर प्रक्रिया र बजेटको परदर्शिता गराइने छ । कार्यपालिकाको महत्वपूर्ण बैठक र निर्णयहरू प्रत्यक्ष प्रशारण गरिने छ । होम डेलिभरी सरकार जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र तथा अन्य कागजातहरूको होम डेलिभरी गरिनेछ । वृद्ध भत्ताको होम डेलिभरी गरिने छ । होम डेलिभरीका लागि रोजगारी सृजना गरिने छ । आइडिया बैंक अदक्ष जनशक्ति, दक्ष जनशक्ति, लगानीकर्ता र उद्यमशीलता विशेषज्ञहरूको तथ्याङ्क सङ्कलन गरी रोजगारी र उद्यमशीलताकाअवसरहरू उपलब्ध गराउन सहकार्य गरिने छ । सिड मनि र तालिम प्रदान गरी स्थानीय उत्पादन, साना तथा मझौला घरेलु उद्योग, हस्तकलाको प्रवद्र्धन गरि बजार प्रदान गरिनेछ । प्रत्येक मार्टमा स्थानीय उत्पादनहरूका लागि २० प्रतिशत ठाउँको विनियोजन गरिने छ । युवाहरूलाई उनीहरूको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्न करियर परामर्श र कोचिङ उपलब्धता गराइने छ । दक्ष उद्यमशीलता र इनोभेसन केन्द्र स्थानीय जनताको सीप, प्रविधि सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने छ । ड्ड सीप र उदयमशीलता प्रशिक्षण दिइनेछ । काठमाडौं महानगरका समस्या समाधान गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदान दिइने छ । काठमाडौं महानगरपालिकामा आविष्कार केन्द्रका शाखाहरू सञ्चालनमा ल्याइने छन् । प्रारम्भिक चरणमा उद्यमशीलता मानसिकता सुरुवात गराउन इनोभेसन केन्द्रसँग स्थानीय विद्यालयहरूलाई सहकार्य गराइने छ । नेपाल भाषा रञ्जना लिपि र नेपाल संवतको प्रवद्र्धन स्थानीय भाषा र संस्कृतिको प्रवद्धन गर्न स्थानीय एनिमेसन, चलचित्रहरू र स्थानीय पात्रहरूको परिचय गराइने छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम पुस्तकमा नेपाल भाषा, रम्जना लिपि र नेपाल संवतको परिचय राखिने छ । ग्रेटर नेपाः भ्याली काँस्मोपलिटन काठमाडौं महानगरपालिका वरपरका सबै नगरपालिकालाई एउटै चिनारी नेपाःउपत्यकाका रूपमा प्रवर्दधन गर्न अन्य सबै नगरपालिकासँग सहकार्य गरिने छ । सडक, ढुवानी, फोहोर व्यवस्थापन करिडोर र नदीको सन्दर्भमा सहकार्य सुधार गरिने छ । प्रशासन र व्यवस्थापन सबै सरकारी कार्यालयमा सीसीटीभी जडान गरिनेछ । सरकारी कार्यालयमा बिहानको सिफ्ट सुचारु गरिने छ । सरकारी कार्यालयहरूमा प्रभावकारी सेवा डेस्क दिइनेछ । काठमाडौं महानगरपालिकाको मेयर कार्यालयको प्रत्यक्ष नियन्त्रणमा प्रभावकारी गुनासो बाकस राखिनेछ । स्थानीय सरकारलाई स्थानीय जनता र स्थानीय निकायसँग प्रत्यक्ष जोडीनेछ । सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासिक वडा बैठक गराइने छ । भ्रष्टाचार विरोधी ब्यूरो काठमाडौं महानगरभित्र भ्रष्टाचार विरुद्धको विशेष फोर्स सबै निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारीने छ । भ्रष्टाचार विरोधी साइबर ब्यूरो, अनुसन्धान बिभाग, अख्तियार दुरुपयोग अनुसन्धन आयोग संग सहकार्य गरिनेछ । मेयर कार्यालयसँग सिधै जोडिएका सबै सरकारी कार्यालयहरूमा गुनासो बाकस राखिने छ । मेट्रो साइबर ब्यूरो साइबर अपराध नियन्त्रण र मानसिक स्वास्थ्य समस्याहरूको नियमनका लागि आफ्नै साइबर ब्यूरो कल सेन्टरद्वारा नियमन गरिनेछ । वकालतका विभिन्न तहहरूमा स्थानीय जनताहरू बीच डिजिटल साक्षरताको प्रवर्धन गरिनेछ । कल केन्द्र स्वास्थ्य एम्बुलेन्स, पूर्वाधार एम्बुलेन्स, पशु एम्बुलेन्स, फायर ब्रिगेड र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सहित कल सेन्टर सञ्चालन गरिनेछ । कल केन्द्रहरू मार्फत प्रकोप चेतावनी अलार्महरूको जडान गरिनेछ । मानसिक स्वास्थ्य समस्याहरू र तुरुन्त परामर्शको साथ मानिसहरूमा आत्महत्या गर्ने प्रवृत्तिहरूको सुधार गरिने छ । पुनर्वास केन्द्रहरूलाई कल सेन्टरहरूसँग जोडीने छ । घरेलु हिंसा उत्पीडन र बाल दुर्व्यवहार संचार को स्थापना गरिने छ । प्रकोप जोखिम व्यवस्थापन नियमित र अनिवार्य विपद् सचेतना र उद्धार अभ्यास गरिनेछ । बारुण यन्त्र र अन्य उद्धार अपरेटरहरू अपग्रेड गरिने छ । अलार्म प्रणाली द्वारा सामूहिक प्रकोप संचार को स्थापना गरिने छ । स्थानीय जनतालाई प्राथमिक उपचार तालिम दिइने छ । स्वास्थ्य बीमा करदातालाई कर रकम अनुसार स्वास्थ्य बीमा उपलब्ध गराइनेछ । बीमा सेवाहरूको लागि केन्द्रीय सरकार र अस्पतालसँग सहकार्य गरिनेछ । मानसिक स्वास्थ्य सहायता लाइन कल सेन्टर नम्बरमा मानसिक स्वास्थ्य सहायता लाइन सुरु गरिने छ । सुरक्षा अपराध नियन्त्रण र निगरानीका लागि प्रारम्भिक चरणमा काठमाडौँ महानगरपालिकामा १० हजार सिसिटिभी जडान गरिने छ । सुरक्षा सुधारका लागि काठमाडौं महानगरपालिकाका नगरपालिका प्रहरीलाई तालिम, सुधार र उचित परिचालन गरिने छ । काठमाडौं महानगरपालिका भित्रको नेपाल प्रहरीसँग कल सेन्टर मार्फत जोडिने र सुरक्षा समस्यामा सहकार्य गरिने छ । नगरपालिका प्रहरीको संख्या बढाएर प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।