बेलकोटगढी नगरपालिकाको मेयरमा जगतबहादुर गुरुङ निर्वाचित
काठमाडौं । बेलकोटगढी नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ १३ हजार २२२ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पधी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९४८ मत अन्तरले पराजित गरे । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार रुपा सापकोटालाई ३४९२ सय मतले पछि पार्दै विजयी भएका हुन् । दाहालले १० हजार ७६६ मत उपप्रमुखमा निर्वाचित भएका हुन् ।
४० हजार पुग्न लाग्यो बालेनको मत, सिर्जना र स्थापितको कति ?
काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र शाहको मत झण्डै ४० हजार पुग्न लागेको छ । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार बालेनले मत ३९ हजार ६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछि पारेकी छन् । उनले स्थापितलाई २२ हजार ७२ मत पाउँदै पछि पारेकी हुन् । उनले उक्त मत पाउँदा स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।
इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
इनरुवा। सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएका छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।