समाचार

  २०७८ असार २५ गते १३:१२     विकासन्युज

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक...

  २०७८ असार २५ गते १३:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय उपभोक्ता बजारमा खाने तेलदेखि दाल, चामल लगायत सम्पूर्ण खाद्य वस्तुको मूल्य बढेको छ । कोरोना भाइरस संक्रमणको पुष्टि भएयता अधिकांश वस्तुको मूल्य बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । नेपालमा दोस्रो लहरको...

  २०७८ असार २५ गते १२:०३     विकासन्युज

फाइल फाेटाे रसुवा । वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा...

  २०७८ असार २५ गते १०:४८     विकासन्युज

फाइल फाेटाे काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई...

  २०७८ असार २५ गते १०:१३     विकासन्युज

काठमाडौं । पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि...

  २०७८ असार २५ गते १०:००     विकासन्युज

काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको ४० लाख डोजमध्ये शुक्रबार ८ लाख डोज खोप नेपाल आइपुगेको हो । सरकारी स्वामित्वमा सञ्चालित...

  २०७८ असार २५ गते ९:४७     विकासन्युज

चितवन । भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला...

  २०७८ असार २५ गते ९:४३     विकासन्युज

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य...

  २०७८ असार २५ गते ९:४१     विकासन्युज

गण्डकी । गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई पाँच लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।...

  २०७८ असार २४ गते १९:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली पुँजी बजारमा विभिन्न प्रकारका धितोपत्र आउने क्रम जारी रहेको छ । बजारमा वाणिज्य बैंकदेखि म्युचुअल फण्डसम्मले धमाधम आईपीओ, लिलामी सेयर, म्युचुअल फण्ड, ऋणपत्र जस्ता विभिन्न किसिमका धितोपत्र जारी गरिरहेका...

  २०७८ असार २४ गते १८:२६     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधिान विपरित काम गरेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताएका हुन । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च...

  २०७८ असार २४ गते १६:३१     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो...

  २०७८ असार २४ गते १६:०५     विकासन्युज

काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले...

  २०७८ असार २४ गते १५:४४     विकासन्युज

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी...

  २०७८ असार २४ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई...

  २०७८ असार २४ गते १४:४५     विकासन्युज

काठमाडौं । बिदामा नेपाल आएका श्रमिकहरु खाेपकाे कारण नेपालमै बस्न बाध्य भएका छन् । रोजगारदाता कम्पनीले अनिवार्य रुपमा खोपको व्यवस्था गरेपछि बिदामा नेपाल आएका तथा रोजगारीका लागि जाने तयारी गरेका नयाँ कामदारहरु अलपत्र परेका हुन्...

  २०७८ असार २४ गते १४:१०     विकासन्युज

भरतपुर । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले पुर्वी चितवनका बाढी प्रभावित मानिसहरुलाई राहत सामाग्री वितरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले रत्ननगर ३ वंसीका बढी प्रभावित ६०...

  २०७८ असार २४ गते १२:४८     विकासन्युज

काठमाडौं । इजरायल सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । अनुदान स्वरुप नेपाललाई दिएको उक्त सामग्री करिब २० करोड बराबरको रहेको जनाईएको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित...

  २०७८ असार २४ गते १२:४८     विकासन्युज

काठमाडौं । जीवन बीमा पोलिसी धितो राखेर समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाइने भएको छ । पोलिसी धितोमा कर्जा पाउनको लागि जीवन बीमा गराएको ३ वर्ष पुगेको भने हुनु पर्नेछ । बीमा समितिले सार्वजनिक...

  २०७८ असार २४ गते १२:४३     विकासन्युज

काठमाडौं । सुरक्षा अनुसन्धाकर्ताहरुले अपरेटिङ्ग सिस्टममा जोखिम भेट्टाएपछि माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई तुरुन्त कम्प्युटर अपडेट गर्न आग्रह गरेको छ । अन्तराष्ट्रिय मिडिया बिबिसीको अनुसार प्रिन्टनाइटमेरको रुपमा परिचित उक्त सेक्युरिटी फ्लले विन्डोज प्रिन्ट स्पुल सर्भिसमा समस्या...