समाचार

  २०७७ जेठ २९ गते ९:३३     विकासन्युज

सप्तरी । ‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका ३ युवकले आफ्नो अनुभव सुनाए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल,...

  २०७७ जेठ २९ गते ९:१७     विकासन्युज

बैतडी । बैतडी र दार्चुलाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । दुई जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौजी किराको...

  २०७७ जेठ २९ गते ७:०८     विकासन्युज

काठमाडाैं । प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी/अमेरिकी पुरुष जोर्ज फ्लोइडका भाइले प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउन र ‘पीडा दिने कार्य बन्द गराउन’ अमेरिकी सांसदहरूलाई आग्रह गरेका छन् । हाउस अफ रेप्रेजेन्टेटिभ्सको न्यायिक समितिको सुनुवाइमा...

  २०७७ जेठ २९ गते ७:०४     विकासन्युज

हेटाैंडा ।  मकवानपुरको हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब...

  २०७७ जेठ २९ गते ७:०१     विकासन्युज

चितवन । चितवनको माडी नगरपालिकालाई ५ दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ५ दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय...

  २०७७ जेठ २९ गते ६:३०     विकासन्युज

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका लागि ४ राज्यमा चुनावीसभा गर्ने बताएका छन् । कोभिड १९ को कारणले चुनावी नाराबाजी पछिल्ला तीन महिनाको लागि स्थगित गरिएकाे थियाे तर अब भने ट्रम्पले चुनावी प्रचारकाे...

  २०७७ जेठ २९ गते ६:०३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बदलिने मौसमले कोरोना भाइरस संक्रमणको असरलाई कम गर्ने कुनै संकेत नरहेको जनाएको छ। गर्मी बढेसँगै कोरोनाको संक्रमण कम हुन्छ भन्ने एक खालको आशा हराउँदै आएको छ ।...

  २०७७ जेठ २८ गते ११:१०     विकासन्युज

लमजुङ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण...

  २०७७ जेठ २८ गते १०:४५     विकासन्युज

काठमाडाैं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान...

  २०७७ जेठ २८ गते १०:३३     विकासन्युज

काठमाडाैं । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४ सय ७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन्...

  २०७७ जेठ २८ गते १०:१०     विकासन्युज

काठमाडाैं । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलोपटक उक्त...

  २०७७ जेठ २८ गते ९:१८     विकासन्युज

गलकाेट । बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जान्छन् । उनी जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा...

  २०७७ जेठ २८ गते ९:०५     विकासन्युज

काठमाडौं ।  धनुषामा गएराती एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानेर हत्या गरिएको अवस्थामा विहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

  २०७७ जेठ २८ गते ८:५२     विकासन्युज

काठमाडौं । बुधबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्रीले सम्बोधन कार्यसूची रहेको छ । प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न...

  २०७७ जेठ २८ गते ८:२०     विकासन्युज

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा...

  २०७७ जेठ २८ गते ८:०७     विकासन्युज

काठमाडौं । बुधबार कुवेतमा रहेका  ३ सय जना नेपाली स्वदेश ल्याइने भएको छ । गैरकानुनी रुपमा तथा विभिन्न अपराधिक कार्यमा संलग्न भइ जेलमा बस्दै आएका २ हजार ९ सय नेपालीलाई कुवेत सरकारले आममाफी घोषणा...

  २०७७ जेठ २८ गते ७:२५     विकासन्युज

काठमाडाैं । काेभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ...

  २०७७ जेठ २८ गते ७:१४     विकासन्युज

घाेडाघाेडी । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया...

  २०७७ जेठ २८ गते ७:०९     विकासन्युज

काठमाडाैं । प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी/अमेरिकी पुरुष जोर्ड फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ । टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू लामबद्ध भएका थिए । गत...

  २०७७ जेठ २७ गते १६:५०     विकासन्युज

काठमाडाैं। आज  साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएकाे छ । बैठकमा लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय हुने स्राेतले बतायाे । अघिल्लो बैठकले उच्चस्तरीय...