नियुक्ति

  २०७६ मंसिर २२ गते १२:२२     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चोलराज शर्मा नियुक्त भएका छन् । शुक्रबार बसेको संस्थाको संचालक समितिको बैठकले शर्मालाई आगामी पुस १ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा...

  २०७६ मंसिर १७ गते १५:२३     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । संस्थाकाे सञ्चालक समितिले मंसिर १३ गते निजलाई  नियुक्त गरेकाे हाे ।  उनलाई   १५...

  २०७६ मंसिर १५ गते १७:१८     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल)को संचालक समितिमा मुकेशकुमार गुप्ता नियुक्त भएका छन् । शुक्रबार सम्पन्न इन्स्योरेन्सको संचालक समितिको बैठकले गुप्तालाई कम्पनीको संचालक समिति पदमा नियुक्त गरेको हो । यसअघि प्रमोटर शेयरधनी एलआईसी अफ...

  २०७६ मंसिर १३ गते १३:५४     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा लोकराज पनेरु नियुक्त भएका छन् । संस्थाले आगामी मंसिर १५ गतेदेखि लागू गर्ने गरी पनेरुलाई उक्त पदमा पदोन्नती गरेको हो । यससँगै संस्थाको उच्च...

  २०७६ मंसिर ११ गते १४:०२     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १०...

  २०७६ मंसिर ९ गते १५:००     विकासन्युज

काठमाडौं । सिभिल क्यापिटल मार्केटको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा झनक राज ढुङ्गेल नियुक्त भएका छन् । सीईओ पदमा नियुक्त भएसँगै ढुङ्गेलले सिभिल क्यापिटलको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु...

  २०७६ मंसिर ६ गते १७:२९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । शुक्रबार सम्पन्न बैंकको ३२०औं सञ्चालक समितिको बैठकले खालिङलाई बैंकको संचालक पदमा नियुक्त गरेको हो । अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त...

  २०७६ मंसिर ४ गते १८:३६     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । यसअघि सुवेदी प्रदेश २ का मुख्य सचिव रहेर कार्य सम्पादन गर्दै आएका थिए । सचिव सुवेदीले बुधबारबाट सञ्चार तथा सूचना...

  २०७६ मंसिर ३ गते १२:३०     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा...

  २०७६ मंसिर १ गते १७:२४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले लोहनीलाई स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक पदमा नियुक्त...

  २०७६ कार्तिक ३० गते १७:३२     विकासन्युज

काठमाडौं । आगामी मंंसिर ७ गते सम्पन्न हुने कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघको १३ औं कार्यसमिति निर्वाचनको लागि सुनैना घिमिरेले उम्मेदवारी दिएकी छिन् । घिमिरेले पाण्डे प्यानलबाट उम्मेवारी घोषणा गरेकी हुन् । केही दिन...

  २०७६ कार्तिक २८ गते १७:००     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन् । कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी महर्जनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त...

  २०७६ कार्तिक २५ गते १४:५२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त संचालकमा दुई जनालाई नियुक्त गरेको हो । कम्पनीले रिक्त सञ्चालक पदमा...

  २०७६ कार्तिक २० गते ११:३९     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । कात्तिक ७ गते बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो ।...

  २०७६ कार्तिक १७ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त भएका छन् । कात्तिक ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले थापालाई उक्त पदमा नियुक्त गरेको हो । नियुक्त भएसँगै थापाले बैंकको स्वतन्त्र सञ्चालक...

  २०७६ कार्तिक १५ गते १९:२९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कामू अध्यक्षको जिम्मेवारी परिष्ठनाथ पौडेलले सम्हाल्ने भएका छन् । अर्थ मन्त्रालयले अध्यक्ष नियुक्त नभएसम्मको लागि पौडेललाई अख्तियारी सहित कामू अध्यक्षको जिम्मेवारी दिएको हो । कामू अध्यक्षको नेतृत्व गर्न जिम्मा...

  २०७६ कार्तिक १४ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । साथै, उनले...

  २०७६ कार्तिक ५ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन्...

  २०७६ कार्तिक ४ गते १२:३८     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठको कार्यभार थपिएको छ । हालसम्म सीईओको पद सम्हाल्दै आएका श्रेष्ठले अब कम्पनी सचिवको पद पनि सम्हाल्ने भएका छन् । संस्थाको हालमात्रै बसेको सञ्चालक समितिको बैठकले...

  २०७६ कार्तिक ३ गते ११:१६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । श्रेष्ठले सचिव पदमा नियुक्त...