१६९ कम्पनीको शेयर मूल्य बढ्याे, यी कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७६ पुष २७ गते १६:२७     विकासन्युज

आइतबार बढी कमाउनेको टप टेनमा रहेका कम्पनी

काठमाडौं । आइतबारको बजारमा १६९ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । कूल १७९ कम्पनीको कारोबार भएको बजारमा उक्त कम्पनीको शेयर मूल्य बढेको हो ।

बजारमा बढी कमाउनेमा बीमा कम्पनी र माइक्रोफाइनान्स अग्रस्थानमा रहेका छन् । जसमध्ये ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले उकालो लागको छ । नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९/९.९९ प्रतिशत तथा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको र इन्फिनिटी वित्तीय संस्थाले ९.९७/९.९७ प्रतिशतले बढेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन् ।

९ प्रतिशत भन्दा बढी कमाउने कम्पनी(टप टेनभन्दा बाहेक)

उच्च अंकले बढेको बजारमा १० कम्पनीका शेयर मूल्य घटेको छ । जसमध्ये सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको शेयर मूल्य २.१५ प्रतिशतले घटेको छ ।

आइतबार ओरालो लागेका १० कम्पनी