आरम्भ लघुवित्तले सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने

  २०७६ असोज ५ गते ११:२५     विकासन्युज


काठमाडौँ । आरम्भ लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने भएको भएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ असार मसान्तको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संस्थाको हाल कायम चुक्ता पूँजी ६ करोड रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पवनकुमार श्रेष्ठले जनाएका छन् ।