२०७६ कार्तिक ६ गते १३:०३ विकासन्युज
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस, कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
यसअघि संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस, ५ प्रतिशत नगद तथा बोनस र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत गरी १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियाे । तर उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति नदिएपछि संस्थाले अब ५ प्रतिशत नगदबाटै बाेनसमा लाग्ने कर काट्टा गर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.