एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद पारित, चुक्ता पुँजी एक अर्ब नाघ्यो

  २०७६ जेठ १४ गते १७:०६     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद पारित भएको छ । मंगलबार सम्पन्न कम्पनीको विशेष साधारणसभाले हालको चुक्ता पुँजीको सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघेको छ ।