कालिका र जनसेवी एक आपसमा गाभिने निश्चित, पुस २३ गतेदेखि एकीकृत कारोबार

  २०७६ पुष १८ गते १२:५४     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई संस्था एक आपसमा गाभिने निश्चित भएको छ ।

दुइै संस्थाको पत्रानुसार बैंकले गत पुस २ गते मात्रै उक्त प्रक्रियाको लागि अन्तिम स्वीकृति दिएको हो । दुवै संस्था मर्ज पश्चात कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । उक्त एकीकृत कारोबार आगामी पुस २३ गतेदेखि शुरु हुने संस्थाले जनाएको छ ।