छ्याङदी हाइड्रोपावरको पुस २९ गते एजिएम, बुक क्लोज कहिले ?

  २०७६ पुष ७ गते ११:५१     विकासन्युज

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको पुुस २९ गते वार्षिक साधारणसभा(एजिएम) हुने भएको छ । कम्पनीले छैंठौं साधारणसभामा जाने प्रयोजनका लागि पुुस १५ गते एक दिन शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको हो ।

आइतबार बेलुका बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको सभा सो मितिमा नक्साल बैंक्वेट,काठमाडौंमा हुने निर्णय गरेको हो । सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गर्दै छ ।

साथै, बोनस शेयरपश्चात कायम हुने दशको बराबर तीन(१०ः३)को अनुपातमा हुन आउने रकम ८ करोड ५० लाख ५० हजार बराबरको हकप्रद शेयर सभामा पारित गर्ने भएकाे छ  । कम्पनीको हालको चुक्ता पुँजी २७ करोड रहेको छ ।