जानकी फाइनान्सको पुस १४ गतेदेखि बुक क्लोज

  २०७६ पुष ३ गते १२:२०     विकासन्युज

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको पुस १४ गते शेयर कारोबार बन्द(बुक क्लोज) हुने भएको छ ।

कम्पनीकाे वार्षिक साधारण सभामा जाने प्रयोजनका लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३औं वार्षिक साधारणसभा पुस २४ गते होटल मानकी इन्टरनेशनल जनकपुरमा बस्ने निर्णय गरेको हो ।

हाल कम्पनीकाे चुक्ता पूँजी ४९ करोड २१ लाख  रहेकाे छ । ४९ लाख २१ हजार  ४ सय ३  कित्ता शेयर हालसम्म नेप्सेमा सुचीकृत छ ।