२०७६ पुष १ गते १४:२९ विकासन्युज
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको वार्षिक साधारण सभा(एजिएम) आगामी पुस २९ गते हुने भएको छ । सो प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २९ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको २३औं वार्षिक साधारणसभा सोही मिति प्रज्ञा भवन कमलादीमा हुने निर्णय गरेको हो ।
सभाले कम्पनीको प्रस्तावित १२.६३ प्रतिशत नगद लाभांश पारित गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.