‘अब पुँजी बजारले राम्रो गति लिन्छ’

  २०७६ जेठ १५ गते २०:४७     विकासन्युज

छोटेलाल रौनियार, अध्यक्ष- नेपाल इन्भेष्टर्स फोरमछोटेलाल रौनियार

पुँजीबजार विगत ३ वर्षदेखि सुस्ताएको थियो । आगामी आवको बजेटले लगानीकर्तामा आशा जगाएको छ । सरकारले लिएको नीतिले बजारलाई माथि उक्लन अब सहयोग मिल्छ । यो अवधिमा हामीले धेरै गुमायौँ । सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरको दर साढे सात प्रतिशतबाट घटेर पाँच प्रतिशतमा सीमित गरिएको छ । जुन लगानीकर्ताको हकहितको लागि साह्रै राम्रो कुरा हो । यसले सेयर बजारमा थप सुधार आउने छ । ‘कम्यूनिष्ट सरकारले पुँजी बजारलाई जति प्राथमिकता दिएर बजेट ल्याएको छ । त्यसलाई हामीले स्वागत गर्नुपर्छ ।’

बैंक तथा बीमा संस्थानहरुलाई बिग मर्जरमा लैजाने र विदेशी लगानीकर्तालाई भित्र्याउने कुराले पनि सेयर बजारलाई थप सुधारतर्फ पुर्याउन सहयोग पुग्ने छ ।


अध्यक्ष- नेपाल पुँजीबजार लगानीकर्ता संघ

राधा पाेखरेल

‘अर्थमन्त्री डा. यूवराज खतिवडाले दुबै सदनमा आज प्रस्तुत गर्नु भएको आ. ब. २०७६/०७७ को बजेटबाट पूँजी बजारलाई सुधार र व्यवस्थित गर्नका लगी तपसिल बमोजिमका कदम चाल्नु भएको हुँदा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको साथै मेरो ब्यक्तिगत तर्फबाट समेत स्वागत गर्न चाहन्छु । साथै हाम्रो संघले धेरै पहिला देखि उठाउँदै आएका धेरै बुदाहरु बजेटमा समाबेस भएका छन् । बजेटमा समाबेस हुन नमिलेका बुदाहरु आगामी आ. ब. मा राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति मार्फत सम्बोधन हुने कुरामा हामी आशावादी रहेका छौ ।’

समग्रमा बजेट पुँजीबजार प्रति सकारात्मक रहेको छ । जुन लगानीकर्ताको हकहितको लागि एकदमै राम्रो रहेको छ यसले गर्दा सम्रग पुँजी बजारले थप सकारात्मक सुधारको बाटो लिनुका साथै राम्रो फड्को मार्ने छ ।

धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको प्यान सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आवद्ध गरिने छ ।

गैर आवासीय नेपाली(एनआरएन)लाई दास्रो बजारमा सेयर कारोबार गर्न बाटो खुला भएको छ । जुन हामीले पहिले देखि माग गर्दै आएको थियौँ, यसले पुँजी बजार थप फराकिलो बनाउन मद्दत पुग्ने छ ।