२०७६ पुष २१ गते ११:४६ विकासन्युज
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कर प्रयोजन सहित सोे मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पुस २० गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अनामनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको हाल एक करोड ३१ लाख ७४ हजार ३१८ कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.