नेप्सेमा १ करोड २८ लाख कित्ता बोनस सेयर सूचीकृत, कस्को कति ?

  २०७६ भदौ ११ गते १४:५३     विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च लिमिटेड(नेप्से)मा १ करोड २८ लाख ६५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार सेञ्चुरी कमर्सियल बैंक, उन्नत्ती माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

सञ्चुरीको १६ लाख ५० हजार ९२ दशमलव ४७, उन्नत्तीको २ लाख २२ हजार ७५० र नेपाल लाइफको १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।