२०७६ पुष ९ गते ११:२९ विकासन्युज
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) हुने भएको छ । सभामा जाने प्रयोजनका लागि संस्थाले पुस १५ देखि पुस २९ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको ७औं वार्षिक साधारणसभा सो मितिमा बस्ने निर्णय गरेको हो । सभा सुनसरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालय दुहबीमा बस्दै छ ।
सभाले शेयरधनीलाई ३२.५० प्रतिशत बोनस र १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.