नेप्सेकाे मूल्याङ्कन: सूचीकृत २४५ कम्पनीहरू मध्येमा सनराइज बैंक सबैभन्दा राम्राे

  २०७६ कार्तिक ७ गते १९:३८     विकासन्युज

काठमाडौं । बजारमा सबैभन्दा राम्रो कम्पनी कुन हो ?  तपाइकाे अनुमान हुनसक्छ सेयर मूल्य भएको यूनिलिभर नेपाल, सबैभन्दा बढी नाफा गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नविल बैंक वा नेपाल लाइफ इन्स्योरेन्स।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) काे मूल्याङ्कनमा सूचीकृत २४५ वटा कम्पनीमध्ये सबैभन्दा राम्रो कम्पनी सनराइज बैंक हाे ।

नेप्सेले गरेको सूचीकृत संगठित संस्थाको पहिलो त्रैमासिक वर्गीकरणमा सनराइज बैंक ‘क’ वर्गमा परेको छ । त्यस्तै, ‘ख’ वर्गमा न्याग्दी पावर कम्पनी रहेको छ । अन्य बाँकी कम्पनी ‘जी’ र ‘जेड’ वर्गमा परेका छन् ।

नेप्सेले १८१ वटा कम्पनीको वर्गीकरण गरेको छ । जसमा ‘क’ र ‘ख’ वर्गमा १/१ गरी दुई कम्पनी मात्रै परेका छन् । त्यस्तै, ‘जी’ वर्गमा ३६ वटा र अन्य बाँकी ‘जेड’ वर्गमा परेका छन् । ‘जी’ वर्गमा अधिकांश लघुवित्त तथा वित्तीय संस्थाहरु र ‘जेड’ वर्गमा अधिकांश वाणिज्य बैंकहरु रहेका छन् ।

कुन कुन कम्पनी कुन वर्गमा परे ?