२०७६ पुष २ गते १५:२७ विकासन्युज
काठमाडौं । बुधबारको बजारमा तीन कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सो दिन बिशाल बजार कम्पनी, नेपाल फाइनान्स र दिब्यश्वरी हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।
जसमध्ये सबैभन्दा बढी बिशाल बजार कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.५६ र दिव्यश्वरीको ९.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बुधबारको बजार ३.३० अंकले घटेर ११५२ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशत कम हो । मंगलबारको तुलनामा परिसूचकमा गिरावट देखिए पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । मंगलबार २७ करोडको शेयर कारोबार भएको बजारमा बुधबार २९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनेबच भएको छ ।
जसमध्ये चार कम्पनीको करोडौंको शेयर किनबेच भएको छ । सबैभन्दा बढी एनएमबि बैंकको ४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ६२ लाख, नबिल बैंकको एक करोड १४ लाख र साल्ट ट्रेडिङ् कर्पोरेशनको एक करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
सो दिन कारोबारमा आएका मध्ये तीन समूह उकालो लागेका छन् भने बाँकी ओरालो लागेका छन् । सबैभन्दा बढी ट्रेडिङ समूह २० अंकले उकाला लागेको छ भने होटल समूहको सूचक ४३ अंकले घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.