मंगलबार मात्रै ८ वटा संस्थाको शेयर मूल्य समायोजन, कसको कति ?

  २०७६ पुष १५ गते १३:१४     विकासन्युज

काठमाडौं । मंगलबार विभिन्न ८ वटा वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ती संस्थाको बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, उन्नति लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स र फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको एकैदिन शेयर मूल्य समायोजन भएको हो ।

किसान माइक्रोफाइनान्सको २३.९५ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ६६९.६२ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, १.७५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको मञ्जुश्री फाइनान्सको शेयर मूल्य प्रतिकित्ता १३९.५६ रुपैयाँ तोकिएको छ ।

कञ्चन डेलभपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको क्रमशः १० र ५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । जसपश्चात यी दुई संस्थाको शेयर मूल्य प्रतिकित्ता क्रमशः २१६.३६ र ८९.५२ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, मिथिला लघुवित्तको पनि १५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । जसको शेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४६६.०९ रुपैयाँ रहेको छ ।

उन्नति लघुवित्तको ३६.६० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । संस्थाको शेयर मूल्य प्रतिकित्ता ६३३.४८ रुपैयाँ तोकिएको छ ।

नेप्सेले आईसीएफसी फाइनान्सको पनि ५ प्रतिशत बोनसपछि मूल्य समायोजन गरेको छ । जसको शेयर मूल्य प्रतिकित्ता १५२.३८ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ३२.५० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य प्रतिकित्ता १०५२.०८ रुपैयाँ रहेको छ ।