२०७६ असोज ९ गते १०:१४ विकासन्युज
काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको ११ औं वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ ।
भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दिउँसो ५ बजे लक्ष्मी बैंक लिमिटेड हात्तिसार काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिले यस अघि नै प्रस्ताव गरेको आव २०७५÷७६ को सञ्चित नाफाबाट सेयरधनीहरुलाई ३ करोड ३७ लाख ५० हजार नगद लाभांश पारित गर्ने लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.